८ आश्विन २०८१, मंगलबार

२०५८ सालदेखिका परिक्षार्थीले मौका परीक्षा दिन पाउने

प्रकाशित मिति :  24 September, 2024 10:40 am


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने भएको छ ।

त्रिवि परीक्षा सुधार समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्राध्यापक डा. खड्ग केसीको अध्यक्षतामा सोमबार बसेको बैठकले वार्षीक प्रणाली अन्तर्गत २०५८ यताका र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ यताका विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने निर्णय गरेको हो।

मौका परीक्षामा त्रिवि अन्तर्गतका मानविकी तथा समाजशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन संकाय र विज्ञात तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरु सहभागी हुन पाउने सूचनामा उल्लेख छ।



प्रतिक्रिया दिनुहोस !