८ आश्विन २०८१, मंगलबार

नेपाल र ओमान भिड्दै

प्रकाशित मिति :  24 September, 2024 10:47 am


काठमाडौँ । आईसीसी विश्वकप लिग टुमा मंगलवार नेपालले ओमानविरुद्ध खेल्दैछ । क्यानडा भ्रमणमा रहेको राष्ट्रिय क्रिकेट टिमले दोस्रो पटक ओमानविरुद्ध खेल्न लागेको हो ।

खेल राति पौने ९ बजे शुरु हुनेछ । विश्वकप लिग टुमा खराब शुरुवात गरेको नेपाल पछिल्ला ५ खेलमा पराजित छ । घरेलु टोली क्यानडासँग दुई खेल गुमाएको नेपालले ओमानविरुद्धको पहिलो खेल पनि हारेको थियो ।

लिग टुका शुरुवात ७ मध्य नेपालले एक खेलमा मात्र जित निकाल्दै दुई अंक जोडेको छ ।



प्रतिक्रिया दिनुहोस !