१० मंसिर २०८१, सोमबार

राप्रपा अतिवादी धर्ममा विश्वास गर्दैन, उदारवादमा विश्वास गर्छः बुद्धिमान तामाङ

प्रकाशित मिति :  24 September, 2024 4:27 pm


काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङले आफ्नो पार्टी धर्मको सन्दर्भमा अतिवादी नभएको बताएका छन् ।

मङ्गलवार काठमाडौँमा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्दोलन केन्द्रित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले आफूहरूको पार्टी धर्ममा अतिवादी नभएको बताएका हुन् ।

उनले आफूहरू परम्परावादी शक्ति भएपनि उदार भएको बताए । उनले राप्रपा धर्ममा अतिवादी नभएको स्पष्ट पारे । उनले राप्रपाले उदार किसिमको धर्मको कुरा गरेको बताए ।उनले पार्टीले अतिवादी धर्ममा विश्वास नगरी उदारवादमा विश्वास गर्ने बताए । आफूहरू सबैलाई धार्मिक स्वतन्त्रता हुनपर्छ भन्ने पक्षमा रहेको र पहिचानको लागि भने हिन्दुराष्ट्र हुनुपर्नेमा रहेको उल्लेख गरे ।

उनले पार्टीले आन्दोलनको तयारी गरेको सन्दर्भमा आन्दोलनको तयारी पूर्णरूपमा खुला रुपमा नगर्न आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस !