११ आश्विन २०८१, शुक्रबार

देशभर मनसुनी वायुको प्रभाव, बुधवार सातै प्रदेशमा पानी पर्ने

प्रकाशित मिति :  25 September, 2024 6:21 am


काठमाडौँ। देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बंगालको खाडीमा विकसित भएको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार बुधवार बिहानीपख कोशी, मधेश, बागमती, गण्डकी ,लुम्बिनी प्रदेशका केही र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भैरहेको छ।

आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान छ।

कोशी , बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाइएको छ।

मौसम प्रभावित क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन हेर्न यहाँ क्लिक गर्न सक्नुहुनेछ।

http://www.mfd.gov.np/content/?id=6329



प्रतिक्रिया दिनुहोस !