१० मंसिर २०८१, सोमबार

निर्माण व्यवसायीका समस्या समाधान सरकारको पहिलो प्राथमकिताः कार्यवाहक प्रधानमन्त्री सिंह

प्रकाशित मिति :  25 September, 2024 1:08 pm


काठमाडाैँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीहरूलाई निर्माणको काम गर्न सहज हुने गरी तत्काल समस्या समाधान गर्ने पक्षमा सरकार रहेको बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघसँगको छलफलका क्रममा उनले निर्माण व्यवसायीहरूका समस्यालाई सरकारले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताएका हुन् । उनले सरकारले निर्माण व्यवसायीहरूको हितमा गरेका कामहरू आउने दिनमा पुष्टि हुने उल्लेख गरे ।

कार्यवाहक प्रधानमन्त्री सिंहले निर्माण व्यवसायीहरूले भोग्नुपरेका नीतिगत, ऐन, कानून र नियमावलीहरूका अफ्ठ्याराहरू चाँडै समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे ।उनले वर्तमान सरकार निर्माण व्यवसायीहरूका जायज मागहरू समाधान गर्ने पक्षमा रहेको बताए । उनले निर्माण व्यवसायीहरुको निर्माणका लागि भुक्तानी सहज होस् भन्ने चाहनालाई सरकारले चाँडै नीतिगत र ऐनहरुलाई संशोधन गरेर पूरा गर्ने प्रतिवद्धता जनाए ।



प्रतिक्रिया दिनुहोस !