११ आश्विन २०८१, शुक्रबार

आजदेखि आइतवारसम्म धेरै भारी वर्षा हुन सक्ने, मौसम विभागले जारी गर्यो रेड अलर्ट

प्रकाशित मिति :  26 September, 2024 6:27 am


काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको प्रभावको कारण बिहीबार दिउँसोदेखि असोज १३ (आइतबार) सम्म देशभर मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यस अवधिमा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।

तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ भने गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा कोशी प्रदेश,बागमती प्रदेश,मधेश प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ।

विभागले रेड अलर्ट जारी गर्दै मौसम पुर्वानुमान सूचना हेरेर मात्र दैनिक दिनचर्या गर्न अनुरोध गरेको छ।

विभागले जारी गरेको बिशेष मौसम बुलेटिन यस्तो छः

मिति २०८१ असोज १० गते बिहीबार दिउँसो देखि देशभर साधारणतया देखि पूर्णतया बदली रही देशभर हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा मधेश प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै देशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।

मिति २०८१ असोज ११ गते (शुक्रबार) देखि देशभर साधारणतया देखि पूर्णतया बदली रही देशभर हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र कोशी प्रदेश, बागमती प्रदेशका, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै मेघ गर्जनरचट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै देशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।

साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित अति भारी वर्षाको समेत सम्भावना रहेको छ।

साथै मिति २०८१ असोज १२ गते (शनिबार देशभर साधारणतया देखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरू हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र बागमती प्रदेशका, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन–चट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। साथै देशका लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।

मिति २०८१ असोज १३ गते (आइतबार) देशभर आंशिक देखि साधारणतया बदली रही देशभर हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

चेतावनी तथा परामर्श

यस प्रणालीको प्रभावले विशेष गरी वर्षाको कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातीको समयमा पानी पर्ने सम्भावना बढि हुने गरेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन-जीवन, कृषि, स्वास्थ्य, पर्यटन,नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ।



प्रतिक्रिया दिनुहोस !