१० मंसिर २०८१, सोमबार

विज्ञ भन्छन्ः नदी जलाधार क्षेत्रमा उच्च शतर्कता अपनाऔँ, जोखिमयुक्त सडक सञ्चालनमा रोक लगाऔँ

प्रकाशित मिति :  26 September, 2024 12:36 pm


काठमाडाैँ । देशभर अस्वभावीक मनसुनी वर्षा हुने भएकाले नदी जलाधार क्षेत्रको मानवबस्तीमा शतर्कता (फोर्स इभ्याकुएसन) अपनाउन विज्ञहरूले आग्रह गरेका छन् । 

बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेको न्युनचापिय प्रणालीको प्रभावको कारण बिहीवार दिउँसोदेखि आईतवारसम्म मेघ गर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले वर्षा सम्बन्धी जानकारी आफ्नो वेबसाईटमा राखिसकेको छ ।

वर्षाको यो पूर्वानुमानलाई विज्ञले सामान्य मनसुनी वर्षा भन्दा फरक चरित्रको रहेको भन्दै उच्च शतर्कता अपनाउनुपर्नेमा जोड दिएका हुन् । विशेष गरेर नदी जलाधार क्षेत्रमा मुसलधारे वर्षा हुनसक्ने भएकाले जलाधार तटिय क्षेत्र र आसपासका राजमार्गमा पनि फोर्स इभ्याकुएसन (सरकारी निकायले हानी नोक्शानी रोक्न बल प्रयोग गरेर बस्ती खाली गर्ने वा यातायात सञ्चालनमा रोक लगाउने गर्नुपर्ने अवस्था) सम्म गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ सचेत र शतर्क रहन विज्ञले सुझाव दिएका छन् । साथै धान भित्र्याउने समय पनि भएकाले काटिसकेको धान बिहीबार दिउँसोसम्म थन्क्याउन र नकाटेको धानलाई आइतवारसम्म यथास्थितिमा नै राख्न पनि सुझाव दिएका छन् ।

त्यसैगरी अत्यावश्यक बाहेकको लामो यात्रा नगर्न पनी विज्ञले सुझाव दिएका छन् । वर्षाको प्रकृति र पूर्वशतर्कताबारे न्युज एजेन्सी नेपालसँग कुरा गर्दै जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले भारी वर्षाले बाढी, पहिरो र डुबानको समस्या निम्त्याउने भएकाले यसबाट हुनसक्ने हानी नोक्शानी कम गर्न सरोकारवाला निकायसँगै सर्वसाधरण पनि सचेत हुनुपर्नेमा जोड दिए ।

मौसम विज्ञान विभागले ५६ वटा जिल्लामा वर्षाको रेड अर्लड जारी गरेको छ । भारी वर्षाले बाढी, पहिरो र डुबान हुने भएकाले सम्बन्धी निकाय संगै आम नागरिक पनि सचेत हुनुपर्ने अवस्था छ । जमिनमा पानीको मात्रा (सेचुरेसन) पुगिसकेको अवस्थामा ठूलो पानी प¥यो भने ठूलो पहिरो जानसक्ने,त्यसले नदी थुनिन सक्ने, ड्याम बन्नसक्ने र ड्याम फुट्दा तल्लो तटिय क्षेत्रमा असर पुग्नसक्छ । जल तथा मौसम विज्ञान विभागसँग  १०÷१० मिनेटमा कुन ठाउँमा कति पानी प¥यो भन्ने तथ्यांक हुन्छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, एक घण्टामा ६० मिलिमिटर, तीन घण्टामा ८० मिलिमिटर, ६ घण्टामा १ सय  मिलिमिटर, १२ घण्टामा १ सय २० मिलिमिटर र २४ घण्टामा १ सय ४० मिलिमिटर भन्दा बढी वर्षा हुनुलाई भारी वर्षा भएको मानिन्छ ।  



प्रतिक्रिया दिनुहोस !