१० मंसिर २०८१, सोमबार

भैंसेपाटीकी इन्स्पेक्टर विनुकुमारी शाहीको जिम्मेवारी खोसियो

प्रकाशित मिति :  26 September, 2024 1:22 pm


काठमाडौं । ललितपुरको भैँसेपाटी प्रभागकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीमाथि बलात्कार मुद्दामा फसाइदिने भन्दै पैसा खाएको आरोप लागेपछि जिम्मेवारी खोसिएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालले शाहीलाई जिम्मेवारीबाट हटाएर छानबिन अघि बढाएको काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमु्ख किरण बज्राचार्यले बताइन् ।
उनले भनिन् घटनाको छानबिनका लागि ललितपुर प्रहरी परिसरका डीएसपी नरहरी अधिकारीको संयोजकत्वमा ७ सदस्यीय समिति बनाइएको छ,, अहिले शाहीलाई छानबिन समिति बनाइएको छ । छानबिन भइरहेकाले शाहीलाई जिम्मेवारीबाट हटाए छानविनको लागि बोलाएका छौं ।

बलात्कारमा फसाइदिने भन्दै शाहीले युवतीसँग मिलेर ३० लाख पैसा लिएको आरोप लागेको छ ।



प्रतिक्रिया दिनुहोस !