१० मंसिर २०८१, सोमबार

चीनबाट फर्किएको रास्वपा टोलीको स्पष्टोक्तिः सभापतिलाई अफ्ठ्यारो घडिमा साथ दिन भ्रमण छोट्यायौँ

प्रकाशित मिति :  26 September, 2024 3:11 pm


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरे सशक्त प्रतिवाद गर्ने जनाएको छ ।

चीन भ्रमण छोट्याएर बिहीवार स्वदेश फर्किएको रास्वपाको टोलीले सो कुरा बताएको हो । विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले नेपालमा विकसित राजनीतिक घटनाक्रमका कारण भ्रमण छोट्याएर आफूहरु आउनुपरेको बताए । उनले पार्टीको सभापति व्यक्ति नभइ संस्था भएकाले सबैले सहयोग गर्नुपर्ने भन्दै आफूहरु स्वदेश फर्किएको बताए ।

उनले रिसका कारण पार्टी सभापतिमाथि प्रहार भइरहेको आरोप लगाए । “यो भ्रमणलाई हामीले नेपालमा विकसित राजनीतिक घटनाक्रमका कारण छोट्याएर आएका छौँ । ९ दिनको हाम्रो भ्रमण छोट्याएर पाँचौँ दिनमा यहाँ आएका छौँ । आज ८ जना आएका छौँ । भोलि ६ जना आउनुहुन्छ । घटनाक्रमबारे हामी अवगत नै थियौँ । १४ जना नै बसेर त्यहाँ छलफल गरेका थियौँ,”उनले भने ।

सांसद मनिष झाले पार्टी सभापतिले सहकारीमा आफैँ व्यक्तिगत रुपमा उपस्थित र संलग्न भएर रकम नलिएको प्रतिवेदनले स्पष्ट पारिसकेको बताए । उनले ४१ वटा कम्पनीमा ८७ अर्ब रकम सहकारीबाट आएकोतिर ध्यान नभइ त्यसमध्येको एउटा मात्रै कम्पनीमा सभापति लामिछानेलाई लक्षित गरेर मात्रै प्रहार भइरहेको बताए । उनले रवि लामिछाने जोडिएको कम्पनीको पछाडि मात्रै अनुसन्धान केन्द्रित भएको भन्दै आपत्ति जनाए ।



प्रतिक्रिया दिनुहोस !