विपद् उत्थानशिल नेपाल निर्माणका लागि सरकार प्रतिवद्ध छः गृहमन्त्री लेखक
काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले सरकार विपद् उत्थानशिल नेपाल निर्माणका लागि प्रतिवद्ध रहेको बताएका छन् ।
बिहीवार काठमाडौँमा आयोजित ‘युएसएआइडी टायर नेपाल प्रोजेक्ट लर्निङ शेयरिङ वर्कशप’लाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले वर्तमान सरकार विपद् उत्थानशिल नेपाल निर्माणका लागि प्रतिवद्ध रहेको बताएका हुन् । उनले २०७२ सालको भूकम्पबाट पाठ सिक्दै आगामी दिनमा समग्र राष्ट्रलाई नै विपद् उत्थानशिल बनाउने भन्नेतर्फ अग्रसर हुन अपरिहार्य भएको बताए ।
उनले जलवायु परिवर्तनका अनुकुलन एवं विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनका लागि आवश्यक नीति, ऐन, नियम, रणनीति, निर्देशिका, मापदण्ड तथा संस्थागत संरचनाका आधार निर्माण भइसकेका पनि बताए । गृहमन्त्री लेखकले नेपाललाई विपद् एवं जलवायु उत्थानशिल बनाउन थप प्राविधिक एवम् वित्तिय स्रोतको आवश्यक रहेको बताए ।
गृहमन्त्री लेखकले विपद्ले वृद्ध, बालकालिका, महिला, नदि किनाराका बस्ती र अफठ्याराे भुगोलमा बसोवास गर्ने दलित तथा सिमान्तकृत समुदायहरुलाई धेरै हानी पु¥याएको बताए । त्यसैगरी अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र लोपोन्मुख समुदायमा पनि बहुआयामिक हानी पु¥याएको भन्दै उहाँले त्यसको परिपूरण गर्ने कार्य अति कठिन हुँदै गएको बताए ।