११ आश्विन २०८१, शुक्रबार

भरतपुरमा माइक्रो बस र ट्याङ्कर आपसमा ठोक्किदाँ १६ जना घाइते

प्रकाशित मिति :  27 September, 2024 8:17 am


काठमाडौँ । मुग्लिङबाट नारायणगढ जाँदै गरेको माइक्रो बस र नारायणगढबाट मुग्लिङ आउँदै गरेको ट्याङ्कर आपसमा ठोक्किदाँ १६ जना घाइते भएका छन् ।

गएराति साढे ११ बजे मुग्लिङ-नारायणगढ सडक अन्तर्गत चितवनको भरतपुर-२९ पन्ध्रकिलोमा मुग्लिङबाट नारायणगढ जाँदै गरेको बा ३ ख १७५२ नम्बरको माइक्रो र नारायणगढबाट मुग्लिङ आउँदै गरेको बा.प्र.०३–००१ ख २६२२ नम्बरको दूध बोक्ने ट्याङ्कर ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

दुर्घटनामा घाइते भएकामध्ये माइक्रो बसका चालक सहित १२ जनालाई चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । ४ जनालाई पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ट्याङ्कर चालक २९ वर्षीय पेमा लामालाई इलाका प्रहरी कार्यालय मुग्लिङले नियन्त्रणमा लिएको छ।



प्रतिक्रिया दिनुहोस !