१० मंसिर २०८१, सोमबार

अविरल वर्षासँगै पहिरो: काठमाडौँ–नौबिसे सडक अवरुद्ध

प्रकाशित मिति :  27 September, 2024 4:17 pm


काठमाडौँ । अविरल वर्षासँगै पहिरो खस्दा काठमाडौँ–नौबिसे सडक अवरुद्ध भएको छ ।

नौबिसे झ्याप्लेखोला सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

पानी परिरहेकाले पहिरो पन्छाउन कठिन भएको प्रहरीले जनाएको छ । बाटो बन्द हुँदा काठमाडौं भित्रिने र बाहिरिने सवारी साधन रोकिएका छन् । प्रहरीका अनुसार देशका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।



प्रतिक्रिया दिनुहोस !