केन्द्रिय सुरक्षा समितको बैठक सिंहदरबारमा सुरू
प्रकाशित मिति : 28 September, 2024 11:56 am
काठमाडाैँ । केन्द्रिय सुरक्षा समितको बैठक सिंहदरबारमा सुरू भएको छ ।
शनिवार गृहमन्त्री रमेश लेखकले बाढी पहिरो सहितका प्राकृतिक प्रकोपमा परेका नागरिकको राहत, उद्धार तथा सहायता प्रभावकारी बनाउने विषयमा छलफल गर्न केन्द्रिय सुरक्षा समितको बैठक बसेको हो ।
मुलुकका विभिन्न स्थानमा भइरहेको वर्षा,बाढी पहिरो र डुबानको समस्याबाट जनधनको क्षति हुनका साथै प्राकृतिक जोखिमबाट जनजीवन अस्तव्यस्त बनेको परिस्थितिमा शतर्क रहन गृहमन्त्री लेखकले आग्रह गरे। बैठक केही समयअघि सिंहदरबारस्थित गृह मन्त्रबालयमा सुरू भएको हो ।