१२ आश्विन २०८१, शनिबार

विपद व्यवस्थापनलाई चुस्त बनाउन काठमाडौँ महानगरले परिचालन गर्‍यो ३ सय नगरप्रहरीको १७ विशेष टोली

प्रकाशित मिति :  28 September, 2024 12:12 pm


काठमाडाैँ । निरन्तर वर्षाका कारण उत्पन्न जोखिमको सामना गर्न काठमाडौँ महानगरपालिकाले नगर प्रहरीका १७ वटा टोलीमा ३ सय जना अधिकृत र जवान परिचालन गरेको छ।

टोलीहरू डुबान भएका वस्ती, नदी किनारा, रुख ढलेर अवरोध भएको सडकजस्ता स्थानमा जनधनको क्षति न्यूनीकरण गर्न तैनाथ छन्। वंशीघाट, कुशेश्वर, कपुरधारा, जडिबुटी, टेकु, स्वयम्भू, बसुन्धारा, कपन, शंखमुल, न्युरोड र गणेशस्थानलगायत स्थानमा समस्या समाधानको प्रयास भइरहेको महानगरले जनाएकाे छ ।

स्थानीयले दिएको सूचना र हटलाइनमा टिपिएका अनुरोधलाई तत्काल सम्बोधन गर्ने कार्य भइरहेको महानगरले जनाएको छ। विपदको समयमा सतर्क रहन र आवश्यक जानकारीका लागि महानगरका हटलाइन नम्बर १६६००१०५५११ वा ११८० र महानगर प्रहरीको हटलाइन ९८५१३५६५०९ मा सम्पर्क गर्न आग्रह गरेकाे छ ।



प्रतिक्रिया दिनुहोस !