१२ आश्विन २०८१, शनिबार

प्रधानमन्त्री ओलीको आग्रह: विपद् उद्धारमा सहयोग गरौं

प्रकाशित मिति :  28 September, 2024 12:19 pm


काठमाडौँ । देशभर जारी अविरल वर्षाले जनधनमा व्यापक क्षति पुर्‍याइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र भेलको जोखिमबाट जोगिन र उद्धार कार्यमा सहयोग गर्न सबैलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका विपद् उद्धार टोलीहरूलाई पूर्ण क्षमताका साथ उद्धार कार्यमा खटाइएको जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीले भने, “केही ठाउँमा उद्धारमा ढिलाइ भएको खबर आएको छ, तर सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले जिम्मेवारीपूर्वक उद्धार कार्यलाई अघि बढाउनेछन्।”

उनले मौसमविद्हरूको चेतावनीअनुसार आज पनि वर्षा जारी रहने भएकाले सतर्क रहन सुझाव दिएका छन्। “विपत्ति सबैको साझा चुनौती हो, त्यसलाई मिलेर सामना गरौं,” प्रधानमन्त्री ओलीले भने।



प्रतिक्रिया दिनुहोस !