१२ आश्विन २०८१, शनिबार

सञ्चार सेवा सुनिश्चित गर्न एनसेलको निःशुल्क डेटा, थप राहत उपलब्ध गराउने प्रतिवद्धता

प्रकाशित मिति :  28 September, 2024 8:56 pm


काठमाडौँ। वर्षा प्रभावित क्षेत्रका उपभोक्ताका लागि आज (शनिवार) बिहाददेखि नै निशुल्क डेटा उपलब्ध गराएको एनसेलले जनाएको छ । विपतमा सञ्चार सम्पर्क स्थापित गर्न निशुल्क डेटा उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीले भनेको छ, “यस पहलले हाम्रा ग्राहकलाई परिवार, आफन्तजन, साथीभाइसँग सम्पर्कमा रहन, महत्वपूर्ण जानकारी प्राप्त गर्न, तुरुन्तै आवश्यक सहयोगको लागि सम्पर्क गर्न र सुरक्षित रहन सहयोग पुर्याउने उदेश्य लिएको थियो ।”

कम्पनीले हालको अवस्थाको मूल्यांकन गरिरहेको र क्षतिको विस्तृत जानकारी प्राप्त गरेपछि राहतका कार्यमा थप योगदान गर्ने जनाएको छ । जनताको सुरक्षालाई सुनिश्चित गर्न र नेपाल सरकारको प्रयासमा सहयोग गर्न एनसेल विभिन्न विपद् व्यवस्थापनमा काम गर्ने निकायहरुसँग समन्वय र सहकार्य गरिरहेको कम्पनीको भनाइ छ ।

विज्ञप्तिमा भनिएको छ, “विपद्को समयमा हामी एनसेल तपाईंको साथमा छौँ र आवश्यक सहयोग गर्न प्रतिबद्ध छौँ । एनसेल परिवार बाढी र पहिरोबाट प्रभावित सबैमा सहानुभूति व्यक्त गर्दछौं । हामीे राहत तथा पुर्नउस्थान कार्यका लागि आवश्यक सहयोग गर्न प्रतिबद्ध छौं । हामी तपाईंकै लागि ।



प्रतिक्रिया दिनुहोस !