१३ आश्विन २०८१, आइतबार
प्राकृतिक विपत्ति चुलिदै

बाढी–पहिरोमा परि मृत्यु हुनेको संख्या एक सय पुग्यो, ६७ बेपत्ता

प्रकाशित मिति :  29 September, 2024 7:55 am


उद्धार गर्दै नेपाल प्रहरी काठमाडौँ, १२ असोजः तीन दिनदेखि परिरहेको अविरल वर्षाका कारण राजधानीको विभिन्न क्षेत्रमा बाढी तथा डुबानमा परेका नागरिकको उद्धार गर्दै नेपाल प्रहरी । सौजन्य तस्बिरः नेपाल प्रहरी÷रासस

काठमाडौँ । लगातारको वर्षाका कारण ठूलो संख्यामा जनधनको क्षति भएको छ । बाढी–पहिरो र डुबानमा परि एक सय जना जनाको मृत्यु भएको छ, भने ६७ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार विपद्मा परि एक सय एक जना घाइते भएका छन् । तिवारीका अनुसार बाढी पहिरोमा परि ललितपुरमा २० जना, धादिङमा १५, काठमाडौँमा १२ जना, काभ्रे १० जना, मकवानपुर ७ जना, सिन्धुपाल्चोक ६ जना, सोलुखुम्बु ५ जना, पाँचथर ५ जना, भक्तपुरमा ५ जनाको मृत्यु भएको छ।

त्यस्तै दोलखामा ३ जना, सिन्धुलीमा २ जना, धनकुटामा २ जना, महोत्तरीमा २ जना, रामेछापमा १ जना, झापामा १ जना, उदयपुरमा १ जना, इलाममा १ जना, सप्तरीमा १ जना र नुवाकोटमा एक जनाको मृत्यु भएको प्रवक्ता तिवारीले जानकारी दिए ।

बाढी–पहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार ३९ जनाको उद्दार गरिएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस !