१३ आश्विन २०८१, आइतबार

देशभर तीन खाले मौसमी वायुको आंशिक प्रभाव, कस्तो रहला आगामी तीन दिनको मौसम?

प्रकाशित मिति :  29 September, 2024 7:56 am


काठमाडौँ। देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव तथा उत्तरपूर्वी अरब सागर देखि उत्तरपश्चिम बिहारसम्म फैलिएको न्यून चापीय रेखाको पनि आंशिक प्रभाव देखिएको छ ।

आइतवार बिहानीपख देशभर आंशिक देखि साधारणतया बदली रहेको छ भने कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भईरहेको छ।

जल तथा मौसम विज्ञान विभागले तीनै प्रकारका वायुको आंशिक मात्र प्रभाव रहेकाले आउँदो तीन दिन भारी वर्षाको सम्भावना नरहेको देखिएको हो।

विभागका अनुसार आगामी २४ घण्टामा कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार सोमवार दिउँसो सातै प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातमा कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आउँदो मंगलवार दिउँसो कोशी प्रदेशका केही स्थानहरू, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूर बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान छ ।

मंगलवार रातमा कोशी प्रदेशका केही स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मौसम प्रतिकूलताका कारण कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !