१३ आश्विन २०८१, आइतबार

आजदेखि दशैँका लागि सुकिला नोटको वितरण

प्रकाशित मिति :  29 September, 2024 9:06 am


काठमाडौँ। नेपाल राष्ट्र बैंकले दसैँका लागि सुकिला नोटको वितरण आजबाट गर्ने भएको छ । आउँदो असोज २२ गतेसम्म नोटको सटही व्यवस्था गरिएको हो ।

आवश्यकता अनुसार नोट सटही गर्न सकिने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालय र देशभरका सबै शाखाबाट साट्न सकिनेछ बताइएको छ ।

यो सुविधा बैंक तथा वित्तीय संस्थाका मुख्य मुख्य शाखा कार्यालयहरुबाट पनि उपलब्ध हुनेछ। नोट एक पल्ट बजारमा गइसकेका तर सुकिला रहने भएको छ ।

यसअघि केन्द्रीय बैंकले ढुकुटीबाट निकालेर नयाँ नोट सटहीको व्यवस्था गर्ने गर्दथ्यो। उपलब्ध नोटले नै काम चलाउन सकिने भएकाले राष्ट्र बैंकले यो वर्ष नोट छपाइ रकम जोगाउने मनसायले सुकिला नोटको वितरण गर्न लागेको हो।

अघिल्लो वर्ष करीब २२ अर्ब बराबरको नयाँ नोट बजारमा ल्याएको राष्ट्र बैंकले यो वर्ष कम्तिमा नयाँ नोट छपाइका लागि खर्चिने रकम बचत भएको जनाएको हो ।



प्रतिक्रिया दिनुहोस !