१३ आश्विन २०८१, आइतबार

झ्याप्लेखोला पहिरोबाट २९ वटा शव निकालियो

प्रकाशित मिति :  29 September, 2024 12:55 pm


काठमाडाैँ । काठमाडौँ र धादिङको सिमानामा रहेको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा गएको पहिरोबाट हालसम्म २९ वटा शव निकालिएको छ। प्रहरीले दिएको जानकारी अनुसार, यी शवहरू विगतको शनिवार साँझ १४ वटा शव निकालीसकेपछि आज बिहान स्काभेटरको सहयोगमा बसभित्रबाट थप शवहरू फेला पारिएका हुन्।

घटनास्थलमा १ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ र तीनवटा जेसिवीमार्फत पहिरो हटाउने काम भइरहेको छ। पहिरोमा पुरिएको बस र शवहरूको खोजी कार्य तीव्र पारिएको छ, जसका कारण दुबै तर्फका सवारी साधन रोकिएका छन्।

शनिबारको पहिरो पन्छाउने कार्यमा समय लाग्ने जनाइएको छ, र यसै कारण पृथ्वी राजमार्गबाट काठमाडौँ र आवाजामनको यातायात ठप्प भएको छ। हालसम्म पहिरोमा कति वटा सवारी साधन पुरिएका छन् भन्नेबारे यकिन जानकारी प्राप्त हुन सकेको छैन।



प्रतिक्रिया दिनुहोस !