१३ आश्विन २०८१, आइतबार

विपद्को समयमा यात्रुहरूलाई सहुलियत हवाई भाडा उपलब्ध गराउन प्रधानमन्त्री ओलीको आग्रह

प्रकाशित मिति :  29 September, 2024 1:14 pm


काठमाडौँ । लगातारको वर्षा र बाढी पहिरोले सडक यातायातलाई अवरुद्ध गरिदिएपछि अत्यावश्यक यात्रामा रहेका यात्रुहरू कठिनाइमा परेका छन्। सामाजिक सञ्जालमा हवाई भाडा अरू बेला भन्दा महंगो भएको गुनासो सुनिन थालेको छ।

यस सन्दर्भमा, प्रधानमन्त्री केपी शर्मा ओलीले हवाई सेवा दिँदै आएका एयरलाइन्सहरूलाई यस्तो विपत्तिको समयमा यात्रुहरूसँग पहिले भन्दा सहुलियत मूल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्न अनुरोध गरेका छन्। उनले भने, “हामीमाथि परेको प्राकृतिक विपत्ति हामी सबै मिलेर सामना गर्नु पर्छ।”

विपद्को यो समयमा सबैले एकसाथ मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको प्रधानमन्त्री ओलीको भनाइ छ।



प्रतिक्रिया दिनुहोस !