१३ आश्विन २०८१, आइतबार

सिंहदरबारमा सर्वदलीय बैठक जारी

प्रकाशित मिति :  29 September, 2024 3:16 pm


काठमाडौं । सरकारले बोलाएको सर्वदलीय बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसिरहेको छ । दुई दिनदेखि परेको वर्षापछिको बाढी, पहिरो र डुबानका विषयमा छलफल गर्नका लागि सरकारले सर्वदलीय बैठक बोलाएको थियो ।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आव्हान गरेको सर्वदलीय बैठकमा अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

सर्वदलीय बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधि सहभागी छन् । आइतबार दिउँसो १ बजेपछि आह्वान गरिएको बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत राजनीतिक दलका प्रतिनिधि सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस !