१३ आश्विन २०८१, आइतबार

रास्वपाले भन्योः सरकार र सत्ता गठबन्धन विपद्मा पनि रवि, रास्वपा र सहकारीमै अड्कियो

प्रकाशित मिति :  29 September, 2024 4:42 pm


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार, गठबन्धन र गठबन्धनमा आवद्ध राजनीतिक दल र कार्यकर्ताहरू रवि, रास्वपा र सहकारीमा मात्रै केन्द्रित भएको निस्कर्ष निकालेको छ ।

आइतवार पार्टी कार्यालयमा बसेको केन्द्रिय समितिको बैठकले सो निस्कर्ष निकालेको हो । बैठकले रवि, रास्वपा र सहकारीमा सरकार र गठबन्धनका दलहरू अड्किँदा विपद्जन्य घटनाहरुमा तयारी नगरेको आरोप रास्वपाको छ । बैठकका निर्णय सुनाउँदै पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले प्राकृतिक विपत्ति आउँदा समेत राज्य तयार नहुनु दुःखद् रहेको बताए ।

उनले सरकारी संयन्त्रले गर्नुपर्ने दायित्वमै सरकार चुकेको बताए ।उनले सरकारले संवेदनशीलता नदेखाएको र असक्षमता र अकर्मण्यता देखाएको आरोप लगाए ।

“सरकार, गठबन्धन, गठबन्धनमा आवद्ध राजनीतिक दल र कार्यकर्ता सबै यही तीन वटाको सबैको राजनीति भनेको तीन खम्बामा अड्किएको छ । रवि, रास्वपा र सहकारी । अरू त्यो बाहेक कसैले केही सोचिरहेको नै थिएन । त्यसैले गर्दा होला, यस्तो प्राकृतिक विपत्ति आउँदा कोही तयार नै थिएन्,”उनले भने ।



प्रतिक्रिया दिनुहोस !