१३ आश्विन २०८१, आइतबार

पूर्वसूचना पछि पनि सरकार विपद् पूर्वतयारीमा चुक्योः माओवादी केन्द्र

प्रकाशित मिति :  29 September, 2024 5:51 pm



काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) ले विपद्बाट प्रभावितहरूको खोज तथा उद्धारमा सरकार गम्भीर नभएको बताएको छ ।

सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले सरकारको समग्र पहलकदमीमा ढिलाइ र सुस्तता देखाइएको बताएका हुन् । उनले पार्टीको तर्फबाट पनि बैठकमा आफूहरुले सो कुरा राखेको बताए ।

उनले विपद् बाजा बजाएर नआउने उखान सुन्दै आएको भएपनि यस पटक मौसम पूर्वानुमान महाशाखाले पहिल्यै जानकारी गराएको भएपनि सरकार पूर्वतयारीमा चुकेको बताए । उनले पूर्वसूचनाको आधारमा गर्नुपर्ने पूर्वतयारीसँग सम्बन्धित कामहरु तदारुकताका साथ गर्न कमी भएको बताए । उनले तीन तहकै सरकारबीचमा समन्वय, अन्तरसरकारी निकायको समन्वय हुन नसक्दा विपद्बाट बढी क्षति भएको बताए ।

उनले सबै राजनीतिक दलहरुसँग कुरा गरी खोज र उद्धारको काम थप प्रभावकारी बनाउन आग्रह गरेको बताए । उनले खोज र राहतको काममा केन्द्रित हुन र अलपत्र परेकाको उद्धार गर्ने कामहरू र यातायातको सुचारु गर्ने वातावरण बनाउन सरकारलाई सुझाव दिए । अहिले सत्तापक्ष र प्रतिपक्ष भनेर बस्ने बेला नभएकाले सबैले आफ्नो ठाउँबाट काम गर्न आग्रह पनि गरे ।



प्रतिक्रिया दिनुहोस !