१४ आश्विन २०८१, सोमबार

प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै

प्रकाशित मिति :  30 September, 2024 7:43 am


काठमाडौँ । संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका गएका प्रधानमन्त्री केपी शर्मा ओली आज नेपाल आई पुग्दै छन् ।

हिजो (आइतबार) साँझ संयुक्त राज्य अमेरिकाको बोस्टनबाट कतारका लागि प्रस्थान गरेका ओली आज नेपाल आई पुग्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कतारबाट आज (सोमबार) उनीनेपाल आइपुग्दै छन् । प्रधानमन्त्री ओलीले अमेरिकामा रहँदा राष्ट्रसंघीय महासभालाई सम्बोधन गरेका थिए । प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असोज ४ गते न्युयोर्क प्रस्थान गरेका थिए।



प्रतिक्रिया दिनुहोस !