१४ आश्विन २०८१, सोमबार

बाढीपहिरोमा परी मृत्यु हुनेकाे संख्या १९२ पुग्यो

अझै ३० जना बेपत्ता र १ सय ९४ जना घाइते भएकाे गृहमन्त्रालयले जनाएकाे छ
प्रकाशित मिति :  30 September, 2024 8:05 am


काठमाडौँ । लगातारको वर्षापछि आएको बाढी पहिरोका कारण ठूलो जनधनको क्षति भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १ सय ९२ को पुगेको जनाएका छन् ।

तिवारीका अनुसार बिपद्मा परि अझै ३० जना बेपत्ता रहेका छन्, भने १ सय ९४ जना घाइते छन् । उनका अनुसार बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित गरिएको छ ।

हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको जानकारी दिँदै प्रवक्ता तिवारीले बाढी, पहिरो प्रभावितलाई खाद्यान्नलगायत आपतकालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !