१४ आश्विन २०८१, सोमबार

नेपालसहित ३२ देशका लागि विजयादशमीको साइत सार्वजनिक

प्रकाशित मिति :  30 September, 2024 10:40 am


काठमाडाैँ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैँको टीकाको साइत सार्वजनिक गरेको छ।

समितिले दिएको साइतअनुसार नेपालको काठमाडौँका लागि असोज २६ गते बिहान ११ः३६ बजेको साइत शुभ रहेको छ ।

यसैगरी देहली भारतका लागि १२ अक्टोबर बिहान ११:४२ बजे, न्यूयोर्क अमेरिकाका लागि १२ अक्टोबर बिहान १०:०१ बजे, फ्याङ्कफर्ट केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान १०:३९ बजे, वोवेन्स्वोरोक, केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान ०९:४५ बजे, टेक्सास, अमेरिकाका लागि १२ अक्टोबर बिहान १०:०५ बजे, वासिङ्टन डिसी, अमेरिकाका लागि ०९:५५ बजे, क्यालिफोर्निया, अमेरिकाका लागि ०९:३९ बजेको समय शुभ रहेको समितिले जनाएको छ।

त्यस्तै टोकियो, जापानका लागि १३ अक्टोबर बिहान ११ः३५ बजे, सिड्नी, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११ः२१ बजे, मेलबर्न अष्ट्रेलियाका लागि १३ अक्टोबर ११ः२७ बजे, ब्रिसवेन, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११ः२९, क्याबेरा, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११ः१५ बजे, वेलिङ्टन, न्युजिल्याण्डका लागि १३ अक्टोबर ११ः२५ बजेको साइत शुभ रहेको समितिका अध्यक्ष डा. माधव भट्टराईले जानकारी दिए।

यसैगरी टोरन्टो, क्यानडाका लागि १२ अक्टोबर बिहान १०ः१५, भ्यानकुभर, क्यानडाका लागि १२ अक्टोबर बिहान १०ः२७ बजेको साइत उत्तम रहेको छ ।

लिस्बन, पोर्चुगलका लागि १२ अक्टोबर बिहान १०ः२४ बजे, लण्डन, बेलायतका लागि १२ अक्टोबर बिहान १०ः२१ बजे, पेरिस, फ्रान्सका लागि १२ बजे अक्टोबर बिहान १०ः२३, ओस्लो, नर्वेका लागि १२ अक्टोबर बिहान १०ः१९, क्वालालम्पुर, मलेसियाका लागि १२ अक्टोबर बिहान ११ः५७, अबुधावी, युनाइटेड अरब इमिरेट्सका लागि १२ अक्टोबर बिहान ११ः४५, दोहा, कतारका लागि १२ अक्टोबर बिहान ११ः०५, बैंकक, थाइल्याण्डका लागि १२ अक्टोबर बिहान ११ः२१, सियोल, दक्षिण कोरियाका लागि १३ अक्टोबर बिहान ०९ः१५, रहेकाे समितिका अध्यक्ष डा.भट्टराईले जानकारी दिए।

त्यसैगरि तेल अभिभ इसराइलका लागि १२ अक्टोबर बिहान ०९ः१६ बजे, सिङ्गापुरका लागि १२ अक्टोबर बिहान ११ः४५, हङ्कङ्का लागि १३ अक्टोबर बिहान ११ः४३, साउदी अरेबियाका लागि १२ अक्टोबर बिहान ११ः२३, याङ्गुन, म्यानमारका लागि १२ अक्टोबर बिहान ११ः२१, जेनेभा, स्वीट्जरल्याण्ड १२ अक्टोबर बिहान ११ः५५ र माल्टामा १२ अक्टोबर बिहान १०ः४५ बजे विजयादशमीको टीका लगाउन उत्तम रहेको छ ।



प्रतिक्रिया दिनुहोस !