१४ आश्विन २०८१, सोमबार

पठन संस्कृति विकासका लागि साझाको पुस्तक प्रदर्शनी जारी

प्रकाशित मिति :  30 September, 2024 11:31 am


पठन संस्कृति विकासका लागि साझा प्रकाशनको पुस्तक प्रदर्शनी प्रकाशनको परिसरमा जारी छ ।

पुस्तक प्रदर्शनीमा पाठक वर्गले उल्लेख्य उपस्थिति जनाएका छन् । साझा प्रकाशनले पाठकका लागि प्रदर्शनीमा छुट दिएर पुस्तक प्रदर्शनीमा राखेको हो । साहित्यकारहरुका पुराना पुस्तकहरुलाई पुनः मुद्रण गरेर प्रदर्शनीमा राखिएको छ । जुन पुस्तकहरु बाहिर पाउन मुस्किलप्रायः रहेको साझा प्रकाशनका अध्यक्ष डा.विजय सुब्बाले बताए ।

प्रदर्शनीमा वैरागी काईंला लगायतका वरिष्ठ साहित्यकारहरु पुग्नुभएको बताए । साझा प्रकाशन समस्यामा भएको संस्था भएकाले सबैले साझा प्रकाशन बचाउन लाग्नुपर्ने बताए । साझा बचाउन र साझालाई गति दिन पुस्तक प्रदर्शनी लगायतका गतिविधि गरिरहेको उल्लेख गरे । उनले पहिला आख्यानहरु धेरै बिक्री हुने गरेपनि अहिले पुराना र इतिहासको पुस्तकप्रति पाठकको रुची बढ्दै गएको बताए । साहित्य र इतिहासलाई पाठ्यपुस्तकमा राखेर नपढाएका कारण विद्यार्थीमा साहित्यप्रतिको चाहना घट्दै गएका छन् ।  

उनले भने, “प्रकाशनले असोज १ गतेदेखि १५ गतेसम्म प्रदर्शनी राखेको हो । हामीले सालकोदुई पटक राख्ने गरेका छौँ । साझा प्रकाशनमा अमूल्य पुस्तकहरु छन् । सबै पाठकहरुको नजरमा परिरहेको हुँदैन । त्यसैले हामीले पुराना र महत्वपूर्ण पुस्तकलाई प्रदर्शनीमा राखेर पाठकहरुलाई आकर्षित गर्न सकिन्छ भनेर राखेका हौँ ।”



प्रतिक्रिया दिनुहोस !