१४ आश्विन २०८१, सोमबार

सचेतनामुलक कार्यक्रम आयोजना गरी जनकपुरमा मुटु दिवस मनाइयो

प्रकाशित मिति :  30 September, 2024 12:33 pm


काठमाडाैँ । जनकपुरधाममा विभिन्न कार्यक्रमको आयोजना गरी विश्व मुटु दिवस मनाइएको छ ।

‘काम गरौं, मुटु बचाऔँ’ नाराका साथ जनकपुरधाममा पनि विश्व मुटु दिवस मनाईएको हो । विश्व मुटु दिवसको  अवसरमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र,जनकपुरधाम शााखाले प्रभातफेरी कार्यक्रम गरेको छ ।

दिवसको अवसरमा चिकित्सकहरू विभिन्न प्ले कार्ड बोकेर नगर परिक्रमा गरेका थिए । स्वस्थ जीवनशैली र खानपान नअपनाउने हो भने मुटुजन्य समस्या निम्तन सक्ने मुटुरोग विशेषज्ञ बताउँछन् । धुम्रपान, मद्यपान गर्ने, खानामा गुलियो र चिल्लो अधिक प्रयोगले मुटुमा समस्या पार्छ । नेपाल हृदय रोग निवारण प्रतिष्ठानका अनुसार नेपालको कुल जनसङ्ख्यामध्ये झन्डै ३० प्रतिशत कुनै न कुनै प्रकारको मुटुरोगबाट पीडित रहेका छन् ।

मुटुको रोगमध्ये कोरोनरी मुटुको रोग, बाथ मुटुको रोग, जन्मजात मुटुको रोग र उच्च रक्तचाप प्रमुख समस्याका रूपमा छन् । 
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र,जनकपुरधाम शााखाका प्रमुख राजेश साहले मुटु रोग लाग्न नदिनेतर्फ केन्द्रित भए ९० प्रतिशत रोगीलाई अकाल मृत्युबाट जोगाउन सकिने बताए । उनले मुटु रोग लाग्न बाट बच्ने उपायका विषयमा जनचेतना फैलाउने उद्देश्यले विश्व मुटु दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम गरिएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस !