१४ आश्विन २०८१, सोमबार

लुम्बिनी प्रदेश मन्त्रीपरिषद् बैठक:सचिवहरूकाे जिम्मेवारी ताेक्नेदेखि पश्चिम नवलपरासीमा कार्यालय खाेल्ने सम्मकाे निर्णय

प्रकाशित मिति :  30 September, 2024 2:16 pm


दाङ । लुम्बिनी प्रदेश सरकारले प्राकृति विपदकाे सम्भावित घटनाबाट हुन सक्ने क्षतिलाइ कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा राख्ने निर्णय गरेकाे छ ।

लुम्बिनी प्रदेशमा तीन दिनकाे अविरल झरिका कारण तुलनात्मक रुपमा क्षति कम भएपनि देशभर मानवीय र भाैतिक क्षति बढी भएकोमा दु:ख व्यक्त गर्दै मृतक प्रति श्रद्धाञ्जली, परिवारवनमा समवेदना र घाइतेहरुकाे सिघ्र स्वास्थ्य लाभकाे कामना गरेकाे छ ।

विपद अघि, विपदकाे वेलामा र विपद् पछिकाे अवस्थामा सबै निकायबाट हुने सहकार्यले सम्भावित घटना न्यूनिकरण गर्न मद्दत पुग्ने भएकाले सबै संयन्त्र परिचालनमा जाेड दिइएको भाैतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले बताए ।

मुख्यमन्त्री चेतनारायण आचार्यकाे अध्यक्षतामा बसेकाे बैठकले लुम्बिनी प्रदेशमा सरुवा भएर आएका सचिवहरुकाे जिम्मेवारी ताेक्ने निर्णय गरेकाे छ । भिमार्जुन पाण्डेलाई भाैतिक पूर्वाधार विकास मन्त्रालय, भुपेन्द्र थापालाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र इश्वराज पाैडेललाइ मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयकाे जिम्मेवारी ताेकिएकाे हाे ।

यस्तै मन्त्रिपरिषद बैठकले नवलपरासी वर्दघाट सुस्ता पश्चिममा सडक पूर्वाधार विकास कार्यालय खाेल्ने निर्णय गरेकाे मन्त्री ढकालले जानकारी दिनुभयाे । यस अघि प्रदेशका ११ जिल्लामा मात्रै सडक पूर्वाधार कार्यालयहरू थिए । यस्तै बैठकले प्रदेश राजपत्र तथा कानुनहरुकाे सम्पादन र प्रकाशन नियमावली २०८१ स्वीकृत गर्ने निर्णय गरेकाे छ ।



प्रतिक्रिया दिनुहोस !