१४ आश्विन २०८१, सोमबार

लुम्बिनी प्रदेश पूर्ण खाेप सुनिश्चित घाेषणा

प्रकाशित मिति :  30 September, 2024 2:18 pm


दाङ । लुम्बिनी प्रदेश पूर्ण खाेप सुनिश्चित तथा दिगाेपना घाेषणा गरिएको छ । १५ महिनाकाे उमेर भित्र राष्ट्रिय खाेप तालिका बमाेजिम पाउनुपर्ने सबै मात्रा खाेप लिएकाे अवस्थालाई सुनिश्चित गरिएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई पूर्णखाेप सुनिश्चित भएको घाेषणा गरेका हुन्।

लुम्बिनी प्रदेशमा आर्थिक बर्ष २०८०/०८१ रणनीति अनुसार १६ देखि ५९ महिनाका १३० शून्य डाेजका र दुई हजार तीन सय ४३ खाेप लगाउन छुटेका ड्रप आउट बालबालिकालाई खाेजि गरेर पूर्ण खाेप लगाइएको छ ।

लुम्बिनी प्रदेशमा दुई लाख ६२ हजार ८ सय ५६ जना बालबालिकाले पूर्णखाेप पाएकाे सुनिश्चित गरिएपछी पूर्णखाेप सुनिश्चित प्रदेश घाेषणा गरिएको हाे । घाेषणा कार्यक्रममा स्वास्थ्य मन्त्री खेम सारु लगायत स्थानीय तहका प्रमुख /उपप्रमुखहरुकाे सहभागीता थियाे । बालबालिकाहरुमा विभिन्न सरुवा राेग बिरुद्ध खाेप लगाइदै आएकाे छ ।

क्षयरोग, भ्यागुते राेग, लहरेखाेकी, धनुष्टंकार, हेपाटाइटिस बि, हेमाेफिलस इन्फ्लुएञ्जा बी, पाेलियाे, दादुरा, रुबेला, न्यूमाेनिया, मेनिन्जाईटिस, जापानि इन्सेफलाइटिस, टाइफाइड, राेटा भाइरस बाट हुने झाडापखाला बिरुद्ध खाेप उपलब्ध गराउदै आइएकाे हाे । नेपालमा २०६९ पुस १४ गते अछाम जिल्लाकाे भागेश्वर गाउँविकास समितिबाट पूर्णखाेप घाेषणागरी सुरू गरिएको थियाे ।



प्रतिक्रिया दिनुहोस !