१४ आश्विन २०८१, सोमबार

प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध ६ वटा उजुरी

प्रकाशित मिति :  30 September, 2024 4:50 pm


काठमाडाैँ । प्रस्तावित प्रधानन्यायाधीश प्र्रकाशमान सिंह राउतविरुद्ध ६ वटा उजुरी परेको छ ।

संसदीय सुनुवाई समितिको सोमवार सिंहदरबारमा बसेको बैठकमा समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले उहाँविरुद्ध ६ वटा उजुरी परेको जानकारी गराएका हुन्। त्यसैगरी बेल्जियमका लागि प्रश्तावित राजदुत सेवा लम्साल र अष्ट्रेलियाका लागि प्रश्तावित राजदुत चित्रलेखा यादवविरुद्ध पनि १/१ वटा उजुरी परेको समितिले जनाएको छ । यही असोज ३ गते सर्वोच्च अदालतका प्रधानन्यायाधीशका लागि प्रस्तावित राउत र नेपाली राजदुतका लागि प्रश्तावितद्वय लम्साल र यादवविरुद्ध उजुरी दिन समितिले १० दिने सूचना जारी गरेको थियो ।

 समितिले प्रस्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुतद्वय लम्साल र यादवविरुद्धको उजुरीमाथि छानविन गरी सुनुवाई कार्य गर्नुपर्नेछ । समितिको अर्को बैठक असोज १५ गते मंगलवार (भोलि) अपरान्ह २ बजेका लागि बोलाइएको छ ।



प्रतिक्रिया दिनुहोस !