१४ आश्विन २०८१, सोमबार

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

प्रकाशित मिति :  30 September, 2024 5:06 pm


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघ महासभाको ७९ औँ महासभामा भाग लिएर स्वदेश फर्किएका छन् ।

सोमवार अपरान्ह उनी संयुक्त राष्ट्रसंघ महासभाको ७९ औँ महासभामा भाग लिइ स्वदेश फर्किएका हुन्। प्रधानमन्त्री ओली असोज ४ गते महासभामा भाग लिन अमेरिका प्रस्थान गरेका थिए । प्रधानमन्त्रीको भ्रमण टोलीमा ओली पत्नी राधिका शाक्य, सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल लगायत सहभागी थियाे ।

प्रधानमन्त्री ओलीको स्वागतका लागि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल, मन्त्रीहरु र सरकारका उच्चपदस्थ व्यक्तिहरू विमानस्थल पुगेका थिए । प्रधानमन्त्री ओलीले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !