१४ आश्विन २०८१, सोमबार

थाईल्यान्डको बिजम्याच र जनता एग्रो सम्झौता, बैंककमा ‘मेड इन नेपाल’ प्रवद्र्धन गरिँदै

प्रकाशित मिति :  30 September, 2024 5:09 pm


काठमाडौँ। जनता एग्रो एण्ड फरेष्ट्रि लिमिटेड र थाइल्यान्डको राजधानी बैङ्ककस्थित बिजम्याच सोलुसनबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपाली उत्पादनलाई थाईल्याण्डमा प्रवर्धन गर्ने उदेश्यका साथ उक्त सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

बिजम्याच सोलुसनका तर्फबाट अध्यक्ष तथा सह–संस्थासह सस्थापक चित्रा मङ्गमा र कार्यकारी अधिकृत डेनफोङ सुवान्ना चाइरोप तथा जनता एग्रो एण्ड फरेष्ट्रिको तर्फबाट मार्केटिङ म्यानेजर आशिष सिलवाल र निसा देवकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

थाई कम्पनीसँग सहकार्य गरी बैङ्ककको बजारमा नेपाली उत्पादनलाई निर्यात गरी “मेड इन नेपाल” नामले बजारीकरण गर्ने योजना रहेको जनना एग्रोले जनाएको छ । व्यावसायिक कृषि, वनपैदावर, जडीबुटी तथा अन्य सम्बन्धित व्यवसायको विकास गर्दै नेपाली उत्पादनलाई विश्व बजारमा निर्यात गरी राष्ट्रिय अर्थतन्त्रलाई सबल तथा दिगो बनाउने लक्ष्य कम्पनीको रहको जनाइएको छ।

सम्झौतापश्चात जनता एग्रोकी मार्केटिङक म्यानेजर देवकोटाले भनिन्, “कृषि क्षेत्रमा प्रचुर सम्भावना रहेको हाम्रो देश नेपालमा सानो लगानीबाटै प्रशस्त परिणाम प्राप्त गर्न सकिने तथा नेपाली उत्पादनलाई विदेशमा निर्यात गरी अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्न सकिने विश्वासकासाथ यो सम्झौता गरिएको हो ।”

संस्थाले विदेशी संस्थासँग सहकार्य गर्दा नेपालको उत्पादनलाई विश्व बजारमा प्रवर्द्धन गर्ने र उद्यमशीलता विकासका लागि उपयुक्त वातावरण सिर्जना गर्ने हुँदा जनता एग्रो एण्ड फरेष्ट्रिले बिजम्याच सोलुसनसँगको सहकार्यमा नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा सफल बनाउन प्रतिवद्ध रहेको जनता एग्रोले जनाएको छ।

संस्थाले कुनै पनि विदेशी संस्थासंग सहकार्य गर्दा नेपालको उद्यमशीलता विकास तथा विस्तारका लागि उपयुक्त वातावरण सृजना गर्नमा सहयोग गर्ने, नेपालको उत्पादनलाई विश्व बजारमा विकास एवं बिस्तारमा सहजीकरण गर्ने जस्ता कार्यमा सहकार्य गर्ने गरेको जनताएग्रोको भनाइ छ।

जनता एग्रो एण्ड फरेष्ट्रिले नेपालीमा उत्पादन हुने प्रोडक्टलाई नेपाल लगायत विश्व बजारमा प्रमोशसन तथा प्रोत्साहनका निम्ती विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ ।



प्रतिक्रिया दिनुहोस !