१५ आश्विन २०८१, मंगलबार
प्रकोप अपडेट

बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या दुई सय १७ पुग्यो

प्रकाशित मिति :  1 October, 2024 7:44 am


काठमाडौँ । केही दिनअघिको लगातारको वर्षापछि आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या दुई सय १७ पुगेको छ । गृहमन्त्रालयका अनुसार अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छ, भने २८ जना अझै बेपत्ता छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले प्राकृतिक विपद्मा एक सय ४३ जना घाइते भएको जानकारी दिए । उनका अनुसार बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको छ । बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ ।



प्रतिक्रिया दिनुहोस !