१५ आश्विन २०८१, मंगलबार

बाढीपहिरो र डुबानमा परी २१७ जनाको मृत्यु, २८ जना वेपत्ता

प्रकाशित मिति :  1 October, 2024 8:09 am


काठमाडौँ । गत बिहिबारदेखि भएको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म २ सय १७ जनाले ज्यान गुमाएका छन् भने २८ जना बेपत्ता छन्।

विपद्मा परी १ सय ४३ जना घाइते भएका गृह मन्त्रालयले जानकारी दिएको छ । बेपत्ता भएकाहरुको खोजी कार्य, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालिन गरिएको मन्त्रालयले जनाएको छ ।

बाढी प्रभावित स्थानहरुमा खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !