१५ आश्विन २०८१, मंगलबार

आज तीन संसदीय समितिको बैठक बस्दै

प्रकाशित मिति :  1 October, 2024 8:20 am


काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज तीनवटा समितिको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार आज राज्य व्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ ।

बिहान साढे ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्नेछ । समितिको सभाकक्ष सिंहदरबारमा बस्ने बैठकमा देशभर बाढी पहिरोले गरेको क्षति, उद्धार र राहतका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै बिहान साढे ११ बजेनै विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा नेपालमा उत्पादित सुपारी निर्यात सम्बन्धी विषयमा छलफल हुनेछ । छलफलका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीलाई आमन्त्रण गरिएको छ ।

दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक दिउँसो बस्दैछ । बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ को प्रतिवेदनको मस्यौदामाथि छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस !