१५ आश्विन २०८१, मंगलबार

रोनाल्डोको गोलमा अल नासर विजयी

प्रकाशित मिति :  1 October, 2024 8:48 am


काठमाडौं। क्रिस्टियानो रोनाल्डोको गोलको मद्दतमा साउदी अरेबियाको अल नासरले कतारको अल रेयानलाई पराजित गरेको छ। एएफसी च्याम्पियन्स लिग समूहचरण अन्तर्गतको खेलमा सोमबार अल नासरले २–१ गोलअन्तरले पराजित गरेको हो ।

लिभरपुलका पूर्व फरवार्ड साडियो मानेले नासरका लागि गोल गर्दै पहिलो हाफको इन्जुरी समयमा सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि १४ मिनेट बाँकी रहँदा क्रिस्टियानो रोनाल्डोले बायाँ खुट्टाको सट शीर्ष कर्नरमा प्रहार गर्दै अग्रता दोब्बर बनाए ।

यो जितले स्टेफानो पियोलीले मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि सबै प्रतियोगिताहरूमा अल नासरको लगातार चौथो जित हो। एसी मिलानका पूर्व खेलाडी पियोलीले टोलीको फर्ममा तुरुन्तै प्रभाव पारेका छन्।

रोजर गुएडेसले अल रेयानका लागि ढिलो सान्त्वना गोल गरे, तर यो नतिजा जितका लागि पर्याप्त भएन।



प्रतिक्रिया दिनुहोस !