१५ आश्विन २०८१, मंगलबार

बाढीपहिरोमा मृत्यु भएका परिवारलाई २ लाख दिने बागमती प्रदेश सरकारको निर्णय

प्रकाशित मिति :  1 October, 2024 11:30 am


काठमाडौं । बागमती प्रदेशको सर्वदलीय बैठकले बाढीपहिरो र डुबानमा परेर मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ ।

मुख्यमन्त्री बहादुर सिंह लामाको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले प्रदेशभित्र स्थायी बसोबास गर्ने मृतकका परिवारलाई २ लाख रुपैयाँ राहत रकम दिने निर्णय गरेको हो ।

बैठकले पिडितलाई अस्थायी आवास निर्माणका लागि पूर्ण क्षतिको विवरण संकलन गरि प्रदेश सरकारले १ लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

यसका साथै, घाइतेहरूको निःशुल्क उपचार गर्ने व्यवस्थापन मिलाउने, तत्काल उद्धार राहत र पुर्ननिर्माणमा जुट्ने निर्णय, भौतिक रूपमा क्षति भएका सडक, पुल, विद्युत्, खानेपानी लगायतको व्यवस्थापन गर्न जिल्ला स्थित प्रदेश मातहतका कार्यालयहरू मार्फत बजेट व्यवस्थापन गर्ने र बस्ती, घर, चौपायहरुको क्षतिको विवरण संकलन गरी आवश्यक सहयोग गर्ने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस !