१५ आश्विन २०८१, मंगलबार

मनसुन विपत्तिमा क्रसर तथा खानी व्यवसायी महासंघद्वारा राहत र उद्धारमा सहकार्यको आह्वान

प्रकाशित मिति :  1 October, 2024 12:17 pm


काठमाडाैँ । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले हालैको मनसुनजन्य बाढी, पहिरो र डुबानले मुलुकभर जनधनमा पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।

महासंघका अध्यक्ष सिताराम न्यौपानेद्वारा जारी गरिएको विज्ञप्तिमा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ भने सरकारलाई पीडित नागरिकहरूलाई यथाशीघ्र राहत तथा पुनःस्थापनाको व्यवस्था गर्न जोडदार माग गरिएको छ। साथै, महासंघले देशभरका क्रसर तथा खानी उद्योग व्यवसायीहरूलाई खोज तथा उद्धार कार्यमा सहयोग गर्न आह्वान गरेको छ।

महासंघले प्राकृतिक विपत्तिबाट प्रभावित व्यवसायीहरूलाई आफ्नो क्षतिको विवरण महासंघको सचिवालयमा उपलब्ध गराउन अनुरोध पनि गरेको छ ।



प्रतिक्रिया दिनुहोस !