१५ आश्विन २०८१, मंगलबार

आज ४ बजे सिंहदरबारमा प्रधानमन्त्रीको पत्रकार सम्मेलन

प्रकाशित मिति :  1 October, 2024 12:39 pm


काठमाडाैँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज मङ्गलबार दिउँसो ४ बजे सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।

प्रधानमन्त्रीको उपस्थितिमा हुने यस पत्रकार सम्मेलनमा हालका राजनीतिक, सामाजिक, तथा आर्थिक परिस्थितिका विषयमा महत्वपूर्ण जानकारीहरू प्रस्तुत हुने अपेक्षा गरिएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आयोजना गरिने उक्त कार्यक्रमले सरकारका तर्फबाट महत्वपूर्ण घोषणाहरू र पत्रकारहरूका प्रश्नहरूको जवाफ दिने अवसर प्रदान गर्नेछ।



प्रतिक्रिया दिनुहोस !