१५ आश्विन २०८१, मंगलबार

सरकारको निर्देशन विपरित रात्रिबस सञ्चालन भएकोप्रति छानबिन गर्नुपर्छः सांसद थापा

प्रकाशित मिति :  1 October, 2024 4:33 pm


काठमाडाैँ । नेपाली काँग्रेसका सांसद गगन थापाले सरकारले रोक लगाउँदा लगाउँदै रात्रिबस सञ्चालन भएको भन्दै यसको छानविन गर्न माग गरेका छन् ।

मङ्गलवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सरकारले विपद्को पूर्वतयारीस्वरुप रात्रिबस सञ्चालन नगर्न निर्देशन गरेको भएपनि रात्रिबस सञ्चालन भएको भन्दै यस बारेमा छानविन गर्नुपर्ने बताएका हुन्।

उनले सरकारको निर्णय विपरित रात्रिबस सञ्चालन भएको विषयलाई कसै न कसैले जिम्मा लिनुपर्ने बताए । त्यसैगरी नख्खु बाढीमा फसेकाहरुको उद्धार गर्न नसकिएको विषयमा पनि छानविन गर्नुपर्ने उनले माग गरे । नख्खु बाढीमा फसेकाहरुको समयमै उद्धार गर्न नसक्नुमा कसको दोष हो यस विषयमा छानविन गरी दोषि उपर कारबाही गर्नुपर्ने उनको भनाइ छ । 

सांसद थापाले संघीय सरकार उद्धारमा केन्द्रित हुनुपर्ने र राहत वितरणको काममा स्थानीय सरकारले जिम्मेवारी लिनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !