१५ आश्विन २०८१, मंगलबार

प्रहरी र जनप्रतिनिधिको उपस्थिति नभएको ठाउँबाट उद्धार गर्न चुनौती भयोः रक्षामन्त्री राई

प्रकाशित मिति :  1 October, 2024 4:51 pm


काठमाडाैँ । रक्षामन्त्री मानवीर राईले विपद् परेको स्थानको समयमै पहिचान गर्न नसक्दा मानविय क्षति भएको बताएका छन् ।
मङ्गलवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री राईले विपद्को बेलामा नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरेको बताएका हुन् ।

उनले कतिपय अवस्थामा विपद्मा परेकाहरुले आफू कुन स्थानमा छु भन्नेसम्म जानकारी राख्न नसक्दा र हेलिकप्टरलाई सही सूचना दिन नसक्दा समयमै उद्धार हुन नसकेको बताए ।

उनले नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधि भएको ठाउँमा उद्धार गर्न सहज भएको तर प्रहरी र जनप्रतिनिधिको उपस्थिति नभएको ठाउँबाट समन्वयको अभाव हुँदा उद्धारमा चुनौती थपिएको बताए । उनले नेपाली सेनाले विभिन्न स्थानमा अलपत्र परेका यात्रुहरुलाई हेलिकप्टरमार्फत उद्धार गरेको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !