१६ आश्विन २०८१, बुधबार

चार प्रदेशमा पानी पर्ने, कोशी र बागमतीका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने

प्रकाशित मिति :  2 October, 2024 6:21 am


काठमाडौँ। बुधवार कोशी प्रदेश, मधेश प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशका केही स्थानहरुमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बुधवार र बिहीवार पनि कोशी प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ।

वर्षाका कारण कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरिएकाे छ।



प्रतिक्रिया दिनुहोस !