१६ आश्विन २०८१, बुधबार
प्रकोप अपडेट

बाढीपहिरोबाट मृत्यु हुनेको संख्या २२४ पुग्यो २४ जना अझै बेपत्ता

दुई दिनको वर्षाका कारण १७ अर्बभन्दा बढीको क्षति
प्रकाशित मिति :  2 October, 2024 6:24 am


काठमाडौँ । गत असोज ११ र १२ गतेको अबिरल वर्षापछि आएको बाढीपहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या दुई सय २४ पुगेको छ । गृहमन्त्रालयका अनुसार २४ जना अझै बेपत्ता छन्, भने एक सय ५८ जना घाइते छन् ।

सरकारका मुख्य सचिव एकनारायण अर्यालले बाढीपहिरो र डुबानबाट २१ जिल्ला प्रभावित भएको जनाएका छन् । उनका अनुसार विशेषगरी काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्लामा बढी क्षति पुगेको छ । उच्च जोखिममा रहेका चार हजार तीन सय ३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइएको मुख्यसचिव अर्यालको भनाइ छ ।

उनका अनुसार कृषि क्षेत्रमा करिब रु छ अर्ब, सडक र पुलमा मात्रै रु दुई अर्ब ५२ करोड, खानेपानी संरचनामा रु तीन अर्ब ५५ करोड, ऊर्जातर्फ रु चार अर्ब र जलस्रोत तथा सिँचाइतर्फ रु एक अर्ब ३५ करोड बराबरको क्षति भएको छ । बाढीपहिरोबाट ३७ वटा राजमार्ग अवरुद्ध भएकामा नौ वटा सञ्चालन आइसकेका छन् । त्यस्तै ३६ निर्माणाधीन जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !