१६ आश्विन २०८१, बुधबार

आजदेखि सोह्रश्राद्ध समापन हुँदै

प्रकाशित मिति :  2 October, 2024 7:49 am


काठमाडौँ । आज असोज कृष्ण औँसी आजदेखि यो वर्षको पितृपक्ष विधिवत् रुपमा सकिदैँछ । यही असोज २ गतेदेखि शुरु भएको पितृपक्षको विधिवत् रुपमा समापन हुन लागेको हो ।

आश्विन शुक्ल पूर्णिमादेखि सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने पितृपक्षलाई सोह्रश्राद्ध पनि भनिन्छ ।

हिन्दु संस्कारमा सोह्र श्राद्धलाई महत्वपूर्ण कर्ममा रुपमा मानिन्छ । दसैं, तिहार र छठजस्ता महान चाडवाडअघि पितृहरुलाई तृप्त गर्न एउटापक्ष भरि नै तर्पण र पिण्डदान गरेर श्राद्ध गर्ने परम्परा छ ।

चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्रश्राद्ध गर्ने चलन छ ।

आज काठमाडौँको गोकर्णेश्वर, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट, त्रिवेणी लगायत तीर्थस्थलमा पनि पितृप्रति श्रद्धासाथ श्राद्ध गर्नेको भीड लाग्छ ।



प्रतिक्रिया दिनुहोस !