१६ आश्विन २०८१, बुधबार

सुनसरीमा पछिल्लो ३ घण्टामा भारी वर्षा , सतर्क रहन आग्रह

प्रकाशित मिति :  2 October, 2024 8:29 am


काठमाडौँ । मौसम पूर्वानु पछिल्लो ३ घण्टामामान महाशाखाको जानकारी अनुसार सुनसरीमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको छ ।

सुनसरीको तरहरा र आसपासको क्षेत्रमा धेरै वर्षा भएको विभागले जनाएको छ । यस क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेको विभागले जानकारी दिएको छ ।

सुनसरी क्षेत्रका सर्दु, सुनसरी खोला, बुढी खोला, खेसलिया खोला लगायत अन्य स–साना खोलामा आकस्मिक बाढीको जोखिम रहेको विभागले जनाएको छ ।

सो क्षेत्रको होचो भू–भागमा डुबानको जोखिम रहेकोले दिउँसोसम्म सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस !