१६ आश्विन २०८१, बुधबार

एनसेल फाउन्डेशनद्वारा निग्लिहवामा निःशुल्क स्वास्थ्य शिविर आयोजना

प्रकाशित मिति :  2 October, 2024 10:23 am


काठमाडौँ। एनसेल फाउन्डेशनद्वारा प्रदेशस्तरमा संचालन भईरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत सोमबार कपिलवस्तु नगरपालिका, वडा. नं ९, निग्लिहवामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

शिविरमा लगभग ४०० भन्दा बढी स्थानियहरुले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाहरुको लाभ लिएको फाउन्डेशनले जनाएको छ ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठान र निग्लिहवा स्वास्थ्य चौकीकासँगको सहकार्यमा आयोजना गरिएको यस शिविरमा मानिसहरुले मुटु रोग तथा स्त्री रोग सम्बन्धी विशेषज्ञ डाक्टरहरुबाट विशेषज्ञसँग परामर्श लगायत इसीजी, मधुमेह तथा रक्तचापको जाँच सेवा पाएका थिए । परामर्श अनुसारको आवश्यक निःशुल्क औषधी पनि वितरण गरिएको थियो ।

एनसेल फाउन्डेशनले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत कपिलवस्तुमा संचालन गरेको यो तेस्रो निःशुल्क स्वास्थ्य शिविर हो । यस अघि कपिलवस्तुको मायादेवी गाउँपालिका र बाणगंगा नगरपालीमा यस किसिमको निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।

एनसेल फाउन्डेशनले कपिलवस्तुका अन्य २ विकट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने जनाएको छ । एनसेल फाउन्डेशनले आफ्नो सामाजिक पहल अन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकासका आयोजनाहरु सञ्चालन गरिरहेको छ।

“नेपालका दुर्गम क्षेत्रहरुमा स्वास्थ्य सेवाको पहुँच पुर्याउँदै स्वस्थ नेपाल बनाउने हाम्रो उद्देश्य अनुरुप एनसेल फाउन्डेशनले यो स्वास्थ्य शिविर आयोजना गरेको हो । हामीले समुदायका मानिसहरुका लागि फाइदा हुने काम गर्न सधैँ प्रतिबद्घ रहेका छौं । यसै अनुरुप हामीहरुले सातै प्रदेशमा विभिन्न स्थानिय समुदायका मानिसहरुलाई ध्यानमा राख्दै विभिन्न ग्रासरुट स्तरका सामाजिक विकासका कार्यहरु गर्दै आएका छाैँ। हाम्रा परियोजनाहरुले समुदायको विकासका लागि योगदान पुर्याउने कुरामा हामी विश्वस्त छौं,” एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले भनिन् ।

एनसेलले आफ्नो स्थापना पश्चात शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रका सामाजिक परियोजनामा २ अर्ब भन्दा बढी योगदान गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस !