१६ आश्विन २०८१, बुधबार

स्याङ्जामा घन प्रहारबाट एक जनाको मृत्यु, आरोपी पक्राउ

प्रकाशित मिति :  2 October, 2024 10:45 am


सांकेतिक तस्विर

काठमाडौँ । स्याङ्जाको हरिनास गाउँपालिकामा घनले टाउकोमा प्रहार गर्दा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी उमेशलाल श्रेष्ठका अनुसार मृत्यु हुनेमा हरिनास गाउँपालिका वडा नम्बर ४ बाङ्गेश्वरा बस्ने ५८ वर्षीय प्रेम बहादुर कामी रहेको छन् ।

मङ्गलबार बिहान घरमा आरनमा फलामको काम गरिरहेको अवस्थामा कामीलाई घनले टाउकोमा प्रहार भएको हो । घन प्रहार गरेको आरोपमा साही ठाउँ बस्ने ३२ वर्षीय सुरेश थापालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !