१६ आश्विन २०८१, बुधबार

खानेपानीका संरचनामा ३ अर्ब ५५ करोड क्षतिको अनुमान

प्रकाशित मिति :  2 October, 2024 12:43 pm


काठमाडाैँ । मनसुनजन्य विपद्बाट २१ जिल्ला बढी प्रभावित भएको छन् ।

काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ्ग, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्ला अति प्रभावित भएका जिल्लाहरू रहेको सरकारले जनाएको हो । मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको पत्रकार सम्मेलनमा सरकारको तर्फबाट मुख्यसचिव एकनारायण अर्यालले हालसम्म २२४ जनाको मृत्यु, २४ जना बेपत्ता, १५८ जना घाइते भएको बताए ।

त्यस्तै ४ हजार ३३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइएको बताए ।उनले भौतिक प्रगतिको प्रारम्भिक आँकलनअनुसार हालसम्म खानेपानीका संरचनामा ३ अर्ब ५५ करोड, सडक संरचनामा २ अर्ब ५२ करोड, उर्जाका पूर्वधारमा ४ अर्ब र सिंचाई पूर्वाधारतर्फ १ अर्ब क्षति भएको आँकलन गरेको बताए ।



प्रतिक्रिया दिनुहोस !